चन्द्रागिरि ९ मा पहिलो १०० मत गणना हुँदा रूखमा ४३ भोट सूर्यमा ३४
थानकोट ।
स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । चन्द्रागिरि नगरका वडा नं. १ देखी ६ को मतगणना सकिएको छ ।
अहिले चन्द्रागिरि ७, ८ र ९ काे मतगणना जारी छ ।
चन्द्रागिरि ९ मा १०० मत गणना सम्पन्न हुँदा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता बनाइरहँदा नेकपा एमालेका उम्मेदवारले पछ्याइरहेका छन् । पछिल्लो मत गणनाको विवरण अनुसार वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारले ४३ मत मत पाउँदा नेकपा एमालेका उम्मेदवारले ३४मत पाएका छन् । यस वडामा नेपाली काँग्रेस , एकीकृत समाजवादी तथा नेकपा माओवादी केन्द्र बीच गठबन्धन बनेको छ ।
२२८२ मत खसेको चन्द्रागिरि ९ को नेतृत्व लिन १ स्वतन्त्र सहित ४ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए ।
स्थानीय तह निर्वाचनः चन्द्रागिरि ९ को नेतृत्व लिन एक स्वतन्त्र सहित तीन दलको दाबी