चन्द्रागिरि ७ को मतपरिणाममा काँग्रेसको अग्रता, एकीकृत समाजवादी तेश्रो स्थानमा

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । चन्द्रागिरि नगरका वडा नं. १, २, ३, ४ र ५ को मतगणना सकिएको छ ।

अहिले चन्द्रागिरि ६, ७ र ८ काे मतगणना जारी छ । चन्द्रागिरि ७ मा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता बनाइरहँदा नेकपा एमालेका उम्मेदवारले पछ्याइरहेका छन् ।

वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारले २३२ मत पाउँदा नेकपा एमालेका उम्मेदवारले १७७ मत पाएका छन् ।

कलम चुनाव चिन्हका उम्मेदवारले ४८ मत पाएको बताइएको छ ।

२०१९ मत खसेको चन्द्रागिरि ७ को नेतृत्व लिन २ स्वतन्त्र सहित ६ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *