चन्द्रागिरि ५ मा दलित महिला सदस्यको ५४० मत बदर
थानकोट ।
स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । चन्द्रागिरि नगरका वडा नं. १, २, ३, ४ र ५ को मतगणना सकिएको छ ।
अहिले चन्द्रागिरि ६, ७ र ८ को मतगणना जारी छ ।
चन्द्रागिरि ५ मा नेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धन प्यानल सहित निर्वाचित भएको छ। उक्त गठबन्धनको नेतृत्व राजेन्द्र महर्जनले गरेका थिए । महर्जन गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवारसँग पराजित भएका थिए ।
वडाध्यक्ष पदमा हसिँया हताैडा चुनाव चिन्हका उम्मेदवारले १०५० मत पाएका छन् । जहाँ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन गरिएको थियो । दोश्रो स्थानमा सूर्य चुनाव चिन्हका उम्मेदवार सूर्य बहादुर महर्जनले ४६६ मत पाएका छन् ।
हलो चुनाव चिन्हले वडाध्यक्षमा २०६ मत पाएको छ भने ढल्केको छाता र कलम चिन्हले समान ९-९ मत पाएको छ ।
यस वडाको १९९७ मत मध्ये उपमयेरको ४४३, मेयरको १६२ तथ वडाध्यक्षको १६८ मत बदर भएको छ । त्यस्तै दलित महिला सदस्यको ५४० मत बदर भएको छ ।