चन्द्रागिरि ६ मा नेकपा एमालेको जित, सन्जय सिग्देल प्यानलसहित विजयी

थानकोट ।
स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । चन्द्रागिरि नगरका वडा नं. १ देखी ६ सम्मको मतगणना सकिएको छ । अहिले चन्द्रागिरि ७ तथा ८ को मतगणना जारी छ । जहाँ नेपाली काँग्रेसले अग्रता लिएको छ ।
प्राप्त विवरणहरू अनुसार चन्द्रागिरि नगरपालिका ६ महादेवस्थानको वडाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार सन्जय सिग्देलको प्यानल विजयी भएको छ ।
सिग्देल निवर्तमान वडाध्यक्षसमेत हुन् । यस वडामा २१८५ मत खसेको थियो ।