चन्द्रागिरि ६ मा २८५ मत गणना हुन बाँकी, वडाध्यक्षमा नेकपा एमालेको अग्रता कायमै

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । चन्द्रागिरि नगरका वडा नं. १, २, ३ र ४ को मतगणना को मतगणना सकिएको छ ।
अहिले चन्द्रागिरि ५, ६ र ७ महादेवस्थानको मतगणना जारी छ ।
प्राप्त विवरणहरू अनुसार १ हजार ९ सय मत गणना हुँदा चन्द्रागिरि ६ को वडाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारले मतान्तरसहित अग्रता बनाएका छन् । जहाँ नेकपा एमालेले वडाध्यक्ष पदमा ९०२ मत पाएको छ भने नेपाली काँग्रेसले ७१८ मत पाएको छ ।
यस वडामा नेकपा एमालेबाट सदस्य पदका उम्मेदवारहरू सबैले ८ सय मत कटाइसकेका छन् ।
नगरप्रमुख तर्फ चन्द्रागिरि ६ को पछिल्लो अपडेट अनुसार सूर्य चुनाव चिन्हमा ८५१ तथ रूख चुनाव चिन्हमा ७१३ मत परेको छ ।
यस वडामा २१८५ मत खसेको थियो ।