चन्द्रागिरि ७ को पछिल्लो मतगणनाको अपडेट, वडाध्यक्षमा नेकपा एमाले ८ मतले पछि

Thankot Times

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । चन्द्रागिरि नगरका वडा नं. १, २, ३ र ४ को मतगणना को मतगणना सकिएको छ ।

अहिले चन्द्रागिरि ५, ६ र ७ महादेवस्थानको  मतगणना जारी छ । चन्द्रागिरि ५ को मतगणना करिब सकिएको छ ।

प्राप्त विवरणहरू अनुसार चन्द्रागिरि ७ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता बनाइरहँदा नेकपा एकालेका उम्मेदवारले पछ्याइरहेका छन् ।

वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारले ३८ मत पाउँदा नेकपा एमालेका उम्मेदवारले ३० मत पाएका छन् ।

२०१९ मत खसेको चन्द्रागिरि ७ को नेतृत्व लिन ६ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए ।

 

स्थानीय तह निर्वाचनः चन्द्रागिरि ७ को नेतृत्व लिन केसी भर्सेज थापा त्रयको प्रतिस्पर्धा


Leave a Reply

Your email address will not be published. Required fields are marked *