चन्द्रागिरि ६ मा १७०० मत गणना हुँदा नेकपा एमालेको स्पष्ट अग्रता

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । चन्द्रागिरि नगरका वडा नं. १, २, ३ र ४ को मतगणना को मतगणना सकिएको छ ।

अहिले चन्द्रागिरि ५, ६ र ७ महादेवस्थानको  मतगणना जारी छ ।

प्राप्त विवरणहरू अनुसार १ हजार ७ सय मत गणना हुँदा चन्द्रागिरि ६ को वडाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारले मतान्तरसहित अग्रता बनाएका छन् । जहाँ नेकपा एमालेले वडाध्यक्ष पदमा ८४३ मत पाएको छ भने नेपाली काँग्रेसले ६७९ मत पाएको छ ।

यस वडामा नेकपा एमालेबाट सदस्य पदका उम्मेदवारहरू सबैले ७ सय ७० मत कटाइसकेका छन् ।

नगरप्रमुख तर्फ चन्द्रागिरि ६ को पछिल्लो अपडेट अनुसार सूर्य चुनाव चिन्हमा ७९९ तथ रूख चुनाव चिन्हमा ६६९ मत परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *