चन्द्रागिरि ५ मा १००० मत गणना हुँदा दलित महिला सदस्यको २५१ मत बदर

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचन अन्तर्गत अहिले मतगणनाको कार्य देश भरका स्थानीय निकायमा जारी छ । चन्द्रागिरि नगरमा पनि वडागत रूपमा मतगणना कार्य जारी रहँदा ३ वटा वडाको मत परिणाम सार्वजनिक भएका छन् । अहिले चन्द्रगिरि ४ थानकोट, चन्द्रागिरि ५ र ६ महादेवस्थानको मतगणना जारी छ ।

पछिल्लो मत परिणाम अनुसार चन्द्रागिरि ५ मा १००० मत गणना हुँदा माओवादी केन्द्रका उम्मेदवारले ४१६ मत पाउँदा नेकपा एमालेका उम्मेदवारले ३३७ मत पाएका छन् । यस वडामा माओवादी केन्द्र तथा नेपाली काँग्रेसको गठबन्धन छ ।

यस वडामा मेयर पदका लागि नेपाली काँग्रेसले ४२१ मत पाएको छ भने नेकपा एमालेले ३८८ मत पाएको छ । त्यस्तै उपमेयरमा नेकपा एमालेले  ४३७ मत पाएको छ ।

यस वडाको दलित महिला सदस्य पदको २५१ मत बदर भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *