चन्द्रागिरि ६ को मतगणना जारी २०० मत गणना हुँदा प्रारम्भिक अग्रता काँग्रेसले लियो

Thankot Times

स्थानीय तह निर्वाचन अन्तर्गत अहिले मतगणनाको कार्य देश भरका स्थानीय निकायमा जारी छ । चन्द्रागिरि नगरमा पनि वडागत रूपमा मतगणना कार्य जारी रहँदा ३ वटा वडाको मत परिणाम सार्वजनिक भएका छन् ।

अहिले चन्द्रगिरि ४ थानकोट, चन्द्रागिरि ५ महादेवस्थान तथा चन्द्रागिरि ६ महादेवस्थानको को मतगणना जारी छ ।

चन्द्रागिरि ६ महादेवस्थानमा २१८५ मत खसेको छ भने विभिन्न दलका ६ जना उम्मेदवारले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार चन्द्रागिरि ६ मा नेपाली काँग्रेसले अग्रता लिएको छ भने नेकपा एमाले दोश्रो स्थानमा छ । २०० मत गणना हुँदा यो वडामा काँग्रेसले ९४ तथा नेकपा एमालेले ७० मत पाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *