कार दुर्घटनामा साइमन्ड्सको निधन

Thankot Times

अस्ट्रेलियाका आक्रामक अलराउन्डर एन्ड्रयु साइमन्ड्सको आइतबार कार दुर्घटनामा निधन भएको छ । स्थानीय संचार संस्था र उनका साथी खेलाडीहरूले यसको पुष्टि गरेका छन् ।

सेन वार्न र रड मार्सको हालैको निधनयता अस्ट्रेलियन क्रिकेटले एक अर्को स्टार पूर्व खेलाडीलाई गुमाएको हो ।

अस्ट्रेलियाका लागि २६ टेस्ट र १ सय ९८ वान डे खेलेका ४६ वर्षीय साइमन्ड्स क्विन्सल्यान्ड राज्यको टाउन्सभिले नजिक कार दुर्घटनामा परेका थिए । प्रहरीका अनुसार कार उनले नै हाँकेका थिए र एक्लै थिए । दुर्घटनापछि उनलाई बचाउन प्रयास भए पनि त्यो सफल रहेन र उनको निधन भएको थियो ।

उनका साथी खेलाडी जेसन गिलेप्सीले अस्ट्रेलियन क्रिकेटका लागि यो निकै खराव समाचार रहेको ट्विट गरेका छन् । यस्तै एडम गिलक्रिस्ले पनि आफू निकै दुखित भएको प्रतिक्रिया दिएका छन् । पाकिस्तानका पूर्व फास्ट बलर सोएब अख्तरले पनि साइमन्ड्सका निधनले आफू स्तब्ध भएको बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *