चन्द्रागिरि २ मा माओवादी केन्द्रका उम्मेदवारको स्पष्ट अग्रता

थानकोट ।
स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । चन्द्रागिरि नगरका वडा नं. १, २ र ३ को मतगणना जारी रहेको छ ।
साँझ ८ः३० बजेको तथ्याङ्क अनुसार चन्द्रागिरि २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवारले ६१२ मत सहित अग्रता कायम राख्दा उनलाइ नेपाली काँग्रेसका उम्मेदवारले ५४४ मतसहित पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवारले १९७ मत पाएका छन् । यो वडामा १५०० मत गणना भइसकेको छ जहाँ २१९४ मत खसेको छ ।