चन्द्रागिरि २ को वडाध्यक्षमा माओवादी केन्द्रको अग्रता कायमै, एमाले तेश्रो स्थानमा

थानकोट ।
स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ ।
चन्द्रागिरि नगरपालिका वडा नं. २ को १ हजार १ सय मत गणना हुँदा मेयर पदमा नेकपा एमालेका उम्मेदवार उत्तम बहादुर राउतले २२८ मत प्राप्त गर्दा ३२० मत पाएका छन् । राप्रपाका अजय श्रेष्ठले ६५ मत पाएका छन् ।
वडाध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवारले ५०० मत पाउँदा नेपाली काँग्रेसले ३११ तथा नेकपा एमालेले १७९ मत पाएका छन् ।
सदस्य तर्फ माओवादी केन्द्रका सबै उम्मेदवारहरूले ४ सय मत कटाएका छन् । नेपाली काँग्रेसका उम्मेदवारहरूले ३ सय मत कटाएका छन् भने नेकपा एमालेका उम्मेदवारहरूले १७० मत कटाएका छन् ।