नेपाल र युगाण्डाबीच महिला क्रिकेट सिरिज हुने

Thankot Times

थानकोट ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले अफ्रिकी देश युगाण्डासँग पाँच खेलको टी–२० शृंखला खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले युगाण्डासँगको अन्तर्राष्ट्रिय शृंखलाको मिति सार्वजनिक गरेको छ । शृंखलाका सबै खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

आसन्न एसिया कप छनोटको तयारीमा रहेको नेपालले खेलाडीलाई एक्स्पोजरका लागि युगाण्डालाई आमन्त्रण गरेको हो ।

नेपालले शृंखलाको पहिलो खेल असार २ गते खेल्नेछ । असार ३, ५, ६ र ७ गते शृंखलाका खेलहरु आयोजना हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *