कक्षा आठकाे परीक्षाफल प्रकाशित

थानकाेट ।
चन्द्रागिरि नगरपालिकाले कक्षा आठकाे परीक्षाफल सार्वजनिक गरेकाे छ ।
नगरकाे आधारभूत परीक्षा उत्तीर्ण समितिकाे साेमबार बसेकाे बैठककाे निर्णयअनुसार साे तहकाे नतिजा सार्वजनिक गरिएकाे नगर शिक्षा शाखा प्रमुख कर्णबहादुर भुवाजीले थानकोट टाइम्सलाई जानकारी दिनुभयाे ।
चन्द्रागिरि नगरमा कक्षा ८ को परीक्षा चैत्र अन्तिम तथा वैशाख पहिलाे साता लिइएको थियाे ।