स्थानीय तह निर्वाचनः चन्द्रागिरि १५ को नेतृत्व लिन लोकतान्त्रिक गठबन्धनसहित चार दल

Thankot Times

थानकोट ।

मुलुक संघीय स्वरूपमा रूपान्तरित भएपछि हुन गइरहेको स्थानीय तहको दोश्रो निर्वाचनको मतदान मिति नजिकिँदो छ । दलहरू गठबन्धन बनाइ तथा स्वतन्त्र रूपमा मतदाता समक्ष भोट माग्न दिनरात खटिइरहेका छन् । केही स्थानीय तहमा स्वतन्त्र एवं बागी उम्मेदवारहरूको चर्चा चुलिँदै गएको छ ।

चन्द्रागिरि नगरपालिकामा स्थानीय निर्वाचनका लागि सत्ता घटक पाँच दलले गठबन्धन गरी मतदातासमक्ष जाने निर्णय गरेका भएपनि नेकपा एकीकृत समाजवादीले मेयर तथा उपमेयरमा एकल लड्ने निर्णय गरेको छ भने जसपा नेपाल पनि एक्लै तयारी गरिरहेको छ । नेकपा माओवादी केन्द्रले नगरप्रमुख तथा उपप्रमुख दुवैको नाम फिर्ता लिएको थियो भने प्रधानमन्त्री शेर बहादुर देउवाको निर्देशनमा काँग्रेसका उपप्रमुख पदकी उम्मेदवारको पनि नाम फिर्ता लगिएपछि चन्द्रागिरि नगरमा निर्वाचनको माहोलले नयाँ मोड लिएको छ ।

वडागत रूपमा चन्द्रागिरिका केही वडामा गठबन्धन घटक राजनीनितक दलहरूले तालमेल गरेका छन् । नेकपा एमालेले मात्रै चन्द्रागिरिका सबै १५ वडामा वडाध्यक्ष पदमा उम्मेदवारी दिएको छ  ।

२०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उत्तम बहादुर राउत १ हजार ३९५ मत ल्याई वडा अध्यक्षमा विजयी भएको चन्द्रागिरि १५ तीनथानाको उक्त निर्वाचनमा वडाध्यक्ष पदमा ७ जनाले उम्मेदवारी दिएकोमा नेपाली काँग्रेसका घनश्‍याम लुँइटेलले ९सय ५३ मत पाएका थिए । लुँइटेलले यसपटक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँग तालमेल गरि लोकतान्त्रिक गठबन्धनको नेतृत्व गरि पुनः उम्मेदवारी दिएका छन् । उक्त निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २८७ मत तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ५३ मतले पाएका थिए ।

४ हजार २ सय २५ मतदाता रहेको चन्द्रागिरि १५ तीनथानाको वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्ने उम्मेदवारहरूः

चन्द्रागिरि नगरका कुन वडामा कति छन् मतदाता ?


Leave a Reply

Your email address will not be published. Required fields are marked *