केबलकारका यात्रुका लागि निःशुल्क बस सेवा सुरु
थानकोट ।
पोखरास्थित अन्नपूर्ण केबलकार प्रालिले यात्रुका लागि विशेष बस सेवा सञ्चालन गरेको छ ।
केवलकार स्टेशन रहेको सेदीबगरसम्म पुग्न कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवासमेत सञ्चालनमा ल्याएको हो ।
केबलकारमा यात्रा गर्ने स्वेदशी तथा विदेशी यात्रुलाई बिहान ४:२५ मा फिस्टेल गेट, ४:३० मा आम्बोट गेट, ४:३५ मा गौरीघाट, ४:४० मा बाराहीचोक, ४:४५ मा सेन्टर पोइन्ट र ४:५० मा हल्लनचोकबाट स्टेशनसम्म लैजान बस पुग्नेछ ।
केबलकारले बिहान ५ बजेदेखि नै सेवा सुरु गर्न यस्तो सुविधा प्रदान गर्न लागेको हो । सराङकोटको डाँडाबाट माछापुच्छ्रेलगायत थुप्रै हिमालको मनोरम र सूर्योदय हेर्न चाहने पर्यटकलाई लक्षित गरि बस सेवा शुरु गरिएको कम्पनीले जनाएको छ ।