यी हुन चन्द्रागिरि नगरको दोश्रो मेयर बन्न मतदाताका घरघरमा पुगिरहेका उम्मेदवारहरू
थानकोट ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा मुलुकभर उम्मेदवारहरूले प्रचारप्रसारमा तीव्रता दिइरहेका छन् । कोण सभा, पार्टी प्रवेश, घरदैलो लगायतका शीर्षकमा राजनीतिक दलका नेता कार्यकर्ताहरू मतदाताको मन जित्न कोशिस गरिरहेका छन् ।
चन्द्रागिरि नगरपनि स्थानीय तहको चुनावमय भएको छ । समर्थकहरू आफ्नो दलका उम्मेदवारहरूको प्रचारप्रसार गर्न सामाजिक सञ्जालहरू समय खर्चिरहेका छन् । नगरमा कसले नगरको नेतृत्व गर्ला भन्नेमा सबैको ध्यान तानिएको छ ।
चन्द्रागिरि नगरपालिकामा दोश्रो नगरप्रमुख हुन यसअघि २१ जनाले नाम दर्ता गराएकोमा नेकपा माओवादी केन्द्रले चन्द्रागिरि मेयरको उम्मेदवारी फिर्ता लिएपछि अहिले २० जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् जसमा ८ स्वतन्त्र उम्मेदवार छन् ।
चन्द्रागिरि नगरपालिकाको मेयर बन्न उम्मेदवारी दिएका उम्मेदवारहरूः
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट चन्द्रागिरि नगरपालिकाको मेयर पदमा अजय श्रेष्ठ, स्वतन्त्र उम्मेदवार अविरल महर्जन, उत्तम कार्की, नेकपा एमालेका तर्फबाट उत्तम बहादुर राउत नेपाल मजदुर किसान पार्टीका किरण महर्जन चन्द्रागिरि नगरका मतदातासमक्ष भोट मागिरहेका छन् ।
त्यस्तै, नेकपा मालेका कृष्णकुमार श्रेष्ठ, नेपाली काँग्रेस बी.पी.का तर्फबाट केशवराज शर्मा पाैडेल, प्रजातान्तिक पार्टी नेपालका गोविन्द श्रेष्ठ पनि चन्द्रागिरि नगरको मेयर बन्ने दाैडमा छन् भने नेपाली काँग्रेसका घनश्याम गिरीपनि चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।
स्वतन्त्र उम्मेदवार जगदिश रिजाल, आमूल परिवर्तन मसिहा पार्टी नेपालका प्रदीप परियार, जसपा नेपालका रामलाल श्रेष्ठले पनि चन्द्रागिरि नगरको मेयर पदमा भोट मागिरहेका छन् ।
रामहरि पनेरू तथा रीना थापा पनि आ-आफ्नो चुनाव चिन्ह लिएर चन्द्रागिरि नगरको मेयर पदमा मत मागिरहेका छन् दुवै जना स्वतन्त्र उम्मेदवारहरू हुन ।
त्यस्तै, चन्द्रागिरि नगरको मेयर पदका स्वतन्त्र उम्मेदवारहरू वलमान सिंह खड्का, विदुर कार्की, शान्ति श्रेष्ठ, समाजवादी केन्द्र नेपालका विनोद कुमार तामाङ, नेकपा एकीकृत समाजवादीको शुशीला न्याैपाने तथा नेपाल विवेकशील पार्टीका सन्जयचन्द्र श्रेष्ठ पनि चन्द्रागिरि नगरपालिकाको दोश्रो नगरप्रमुख बन्न भोट माग्दै मतदाताको घरघर पुगिरहेका छन् ।