पहिलाे टी-२० खेलमा नेपाल जिम्बावे ए टीमसँग पराजित

थानकोट ।
त्रिवि क्रिकेट मैदानमा सम्पन्न पहिलाे टी-२० खेलमा नेपाल जिम्बावे ए टीमसँग ६ विकेटले पराजित भएकाे छ । नेपालले दिएकाे १८२ रनकाे लक्ष्य जिम्बावे ए ले १८.५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेकाे हाे ।
जिम्बावे ए का लागि टाडिवानासा मारुमानी र कप्तान टाेनी मुन्याेङ्गाले अर्धशतक प्रहार गरे । मारुमानीले सर्वाधिक ५६ रन बनाउँदा बनाए । उनले ४१ बल खेल्दै ३ चाैका र ३ छक्का प्रहार गरे । टाेनीले २३ बल खेल्दै ७ चाैका मद्दतमा ५० रन बनाए । राेए काए ९ रनमा अविजित रहे ।
बसिर अहमदले दुई तथा करण केसी र सन्दीप लामिछानेले समान एक विकेट लिए ।
त्यसअघि आदिल अन्सारीले विष्फाेटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले ५ विकेट गुमाएर १८१ रन बनाएकाे थियाे । आदिलले २७ बल खेल्दै ४ चाैका र ३ छक्का मद्दतमा सर्वाधिक ४७ रन बनाए ।
कुशल भुर्तेलले ३१ बल खेल्दै ८ चाैका मद्दतमा ४६ रन बनाए । यस्तै रोहित पाैडेलले २६ बलमा ३६ र दीपेन्द्र सिंह ऐरीले १३ बलमा २८ रन जाेडे । करण केसी ४ रनमा अविजित रहे ।
बलिङमा जिम्बावेका ब्राड ईभानेस, लुक जाेङ्गले, ब्रान्डन माभुता र जाेन मासाराले एक-एक विकेट लिए ।