स्थानीय तह निर्वाचनः चन्द्रागिरि नगरमा ३३ जनाको उम्मेदवारी फिर्ता, ५ जनाको उम्मेदवारी बदर
थानकोट ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चन्द्रागिरि नगरपालिकामा विभिन्न पदका लागि उम्मेदवारी दर्ता गराएका ३३ जनाले शुक्रबार उम्मेदवारी फिर्ता गरेका छन् । निर्वाचन अधिकृत सिर्जना थपलियाले थानकोट टाइम्सलाई दिएको जानकारी अनुसार ५ जना उम्मेदवारको मनोनयन बदर भएको छ । अब चन्द्रागिरि नगरका विभिन्न ७७ पदका लागि ३४९ जनाले प्रतिस्पर्धा गर्नेछन् ।