ल्याण्डलाइनमा फोन गर्दा स्थानीय निर्वाचनको सन्देश

थानकोट ।
नेपाल टेलिकमका मोबाइल तथा ल्याण्डलाइन प्रयोगकर्ताले बुधबारदेखि एक आपसमा फोन गर्दा चुनावी सन्देश सुन्न पाउने भएका छन्।
वैशाख ३० गते हुने स्थानीय निर्वाचनको प्रचारप्रसारका लागि नेपाल टेलिकमका मोबाइल,ल्यान्डलाइनमा कलर रिङ ब्याक टोन (सिआरबिटी) राखिएको हो।
यसअघि मोबाइल सेवा प्रदायक नेपाल टेलिकम तथा अन्य नीजि कम्पनीले कोरोनाभाइरसको माहामारीका बेला जनचेतना फैलाउन सन्देशमूलक सिआरबिटी राखेका थिए ।