ब्राउन सुगरसहित समातिए विराटनगरका रामकृष्ण

थानकोट ।
६ ग्राम लागु औषध ब्राउन सुगर सहित विराटनगरका ३० वर्षीय रामकृष्ण भण्डारी प्रकाउ परेका छन् ।
नागढुङ्गास्थित प्रहरी चेकपोष्टमा काँकडभिट्टाबाट काठमाण्डौतर्फ आउँदै गरेको प्र.१-०२-००१ ख ९५२६ नम्बरको यात्रु बाहक बसबाट भण्डारी पक्राउ परेका हुन् ।
उनले लगाएको पाईन्टको गोजीमा सो परिमाणको लागुऔषध भेटिएको प्रहरी वृत्त थानकोटले जनाएको छ । उनको साथबाट प्रहरीले ब्राउन सुगर ६ ग्राम, नाइट्राभाइट ट्याबलेट ४ वटा, ओप्पो मोबाइल र परिचयपत्र बरामद गरेको छ ।
भण्डारीलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थपि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।