भारतमा बढ्न थाल्यो कोरोना संक्रमण, राजधानीमा मास्क नलगाउनेलाई ५ सय जरीवाना
थानकोट ।
भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण पुनः तिब्र रूपमा बढ्न थालेको छ।
यो सँगै राजधानी नयाँ दिल्लीमा मास्क अनिवार्य गरिएको छ। दैनिक रुपमा कोभिड संक्रमित बढ्न थालेपछि मास्क अनिवार्य गरिएको हो।
मास्क नलगाउनेलाई ५ सय भारू जरीवाना गरिने दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए)ले जनाएको छ।
बुधबार दिल्लीमा एकै दिन १ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन्। यसअघि मंगलबार ६३२ जनामा कोरोना संक्रमण भएको थियो।
कोरोना महामारी सुरु भएदेखि अहिलेसम्म भारतमा ५ लाख २२ हजार जनाको मृत्यु भइसकेको छ।