सत्ता गठबन्धनमा टुंगो लागेन काठमाडौं जिल्लाको चुनावी तालमेल
थानकोट, वैशाख ३ ।
काठमाडौं जिल्लाका स्थानीय तहहरुमा गर्ने चुनावी तालमेलबारे सहमति खोज्न बसेको सत्तारुढ दलहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
कांग्रेस, काठमाडौंका जिल्ला सभापति सबुज बानियाँका अनुसार स्थानीय तहको नेतृत्व बाँडफाँट नटुंगिएकाले आइतबार फेरि छलफल गर्ने सहमति भएको छ ।
एकीकृत समाजवादीले कागेश्वरी मनोहरा, बुढानीलकण्ठ, तारकेश्वर, शंखरापुर र कीर्तिपुरको नेतृत्व दाबी गरेको छ अनलाइन खबरमा समाचार । माओवादी केन्द्रले पनि शंखरापुर, कीर्तिपुर, चन्द्रागिरि, तारकेश्वर र टोखा नगरपालिकाको मेयर दाबी गरेको छ ।