राप्रपाले छान्यो चन्द्रागिरिमा मेयरका उम्मेदवार

Thankot Times

थानकोट, वैशाख ३ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्रागिरि नगरपालिकामा दोश्रो स्थानीय निर्वाचनमा मेयरको उम्मेदवार टुंगो लगाउने पहिलो पार्टी भएको छ । राजेन्द्रप्रसाद लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले चन्द्रागिरि नगरपालिकामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नगरप्रमुख पदमा अजय श्रेष्ठलाई उठाउने भएको हो । शनिबार राप्रपाका चन्द्रागिरि नगरका प्रतिनिधिहरूले श्रेष्ठलाई सर्वसम्मत मेयर पदमा उठाउने निर्णय गरेका हुन् । शनिबार राप्रपाको चन्द्रागिरि नगर समितिको कार्यालयसमेत उद्घाटन भएको बुझिएको छ ।

पहिलो स्थानीय तह निर्वाचनमा चन्द्रागिरि ९ मा राप्रपाबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका दिएका श्रेष्ठ उक्त पार्टीको काठमाण्डाै क्षेत्र नं. १० प्रदेश ख का अध्यक्ष समेत हुन् । उपमेयरको टुंगो भने केहि दिनमा लाग्ने नगरप्रमुख पदमा उम्मेदवार अजय श्रेष्ठले थानकोट टाइम्सलाई जानकारी दिए । त्यस्तै चन्द्रागिरिका वडा नंं १, २, ६, ७, ८, ९ र १५ मा वडाध्यक्षका उम्मेदवार टुंगो लगाइसकेको भनिएको राप्रपाले बाँकी वडामा उम्मेदवारको चयन तीन दिनभित्र गर्ने राप्रपा स्रोतले जानकारी दियो ।

📢  थानकोट टाइम्समा प्रकाशित कुनै सामग्री पुनः प्रेषित गर्दा अनिवार्य रूपमा श्रोत खुलाउन पर्नेछ । साथै, थानकोट टाइम्समा प्रकाशित कुनै सामग्रीबारे गुनासो एवं जानकारी भए [email protected] मा इमेल गर्न हुन अनुरोध गर्दछौ ।

2 thoughts on “राप्रपाले छान्यो चन्द्रागिरिमा मेयरका उम्मेदवार

  1. अग्रिम बधाई शुभकामना छ भाई🙏🙏❤️

    1. लौ बधाई छ मेरो् भाई सकरात्म र सहिइ मगदर्स सिधाान्त अबलम्ब मा सहयोग होस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *