राप्रपा नेपालसँग तालमेल गर्ने एमालेको निर्णय, राप्रपाले सूर्य चिन्हमा भोट माग्ने

Thankot Times

थानकोट, बैशाख १ ।

आसन्न स्थानीय निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र केहि साताअघि गठन भएको राप्रपा नेपालसँग तालमेल गर्ने निर्णय गरेको छ । बुधबार नेकपा एमालेका स्थानीय विकास विभागमा प्रमुख देवेन्द्र दाहाल तथा राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभाग प्रमुख सुशीलकुमार श्रेष्ठले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । अब स्थानीय चुनावमा राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिन्हबाट मत माग्नेछन् ।

०७४ को स्थानीय तह निर्वाचनमा एमालेले २९४ स्थानीय तहमा प्रमुख र ३३१ स्थानीय तहमा उपप्रमुख जित्दा त्यतिबेला थापा नेतृत्वको राप्रपाले पाँच स्थानीय तहमा प्रमुख र पाँचवटामा उपप्रमुख जितेको थियो । बैशाख ३० गते दोस्रो कार्यकालका लागि स्थानीय तहको निर्वाचन हुँदै गर्दा एमाले विभाजित भएको छ भने कमल थापाले पनि पुरानो पार्टी छाडेर अर्को गठन गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *