बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँट, ३ हजार ६ सय ४० जनाको आवेदन रद्द
थानकोट, चैत्र २९ ।
बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ मंगलबार बाँडफाँट गरि टुंग्गाएको छ । झन्डै १५ गुणा बढीको आवेदन परेकामा १ लाख ६६ हजार ३ सय ४२ जनाले १० कित्ताको दरले सेयर पाएका छन् भने ३ जनाले ११ कित्ता सेयर पाएका छन् ।
बलेफी हाइड्रोपावरको आईपीओ खरिदका लागि २१ लाख ७१ हजार ७ सय ४० जनाले २ करोड ४४ लाख ७ सय १० कित्ताको लागि आवेदन दिएकोमा ३ हजार ६ सय ४० जनाको आवेदन रद्द भएको थियो ।
कम्पनीले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको बलेफी खोलामा ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ७ अर्ब ६५ करोड रुपैयाँ हुने कम्पनीले जनाएको छ ।
आईपीओको सीडीएससीको रिजल्ट हेर्ने वेबसाइट, बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट र बलेफी हाइड्रोपावर लिमिटेड कम्पनी लिमिटेडको वेबसाइटबाट हेर्न सकिने छ । मेरो शेयरको एप्लिकेसन रिपोर्टमा पनि नतिजा हेर्न पाइनेछ ।