बलेफी हाइड्रोपावरको आईपीओ गोलाप्रथाबाट आज बाँडफाँट हुँदै
थानकोट, चैत्र २९ ।
सिन्धुपाल्चोकस्थित बलेफी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुने भएको छ। बिहान ९ बजे लक्ष्मण बाबु भवन, नक्साल काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। यसको प्री-अलोटमेन्ट भने शुक्रबार सम्पन्न भइसकेको छ।
यसमा मागभन्दा १५ दशमल ७६ गुणा बढी आवेदन परेको छ। यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ। कुल २२ लाख ६९ हजार ४१६ जनाले २ करोड ६२ लाख २२ हजार ९७० कित्ताका लागि आवेदन दिएका छन्। जसमा १ लाख ६६ हजार ३४५ जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी २१ लाख ३ हजार ६८ जनाको भने हात खाली हुनेछ।