चन्द्रागिरिमा आज गठबन्धनको बैठक बस्दै
थानकोट, चैत्र २९ ।
आसन्न स्थानीय चुनावका सन्दर्भमा चन्द्रागिरि नगरपालिकामा सत्ता घटक पाँच दलको संयुक्त बैठक मंगलबार बस्दैछ ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) तथा जनता समाजवादी पार्टीकानगर प्रतिनिधिसहितको उक्त बैठकले बैशाख ३० को स्थानीय चुनावका लागि थप रणनीति तय गर्ने बुझिएको छ ।
यसअघि चैत्र २७ गते बसेको पाँच पार्टीको बैठकले चन्द्रागिरिमा स्थानीय चुनावमा तालमेल गर्ने निर्णय गरेको थियो ।