त्रिभूवन पार्कमा नयाँ स्वागतद्वारको उद्घाटन

Thankot Times

थानकोट, चैत्र २७ ।

शहीद स्मारक प्रकृति प्रतिष्ठान (त्रिभूवन पार्क) मा निर्माण भएको स्वागतद्वारको उद्घाटन गरिएको छ ।

शनिबार प्रतिष्ठानमा एक कार्यक्रमका बीच बागमती प्रदेश सांसद् रमा आलेमगर, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, चन्द्रागिरि ४ र ७ का वडाध्यक्ष लगायतको उपस्थितिमा उक्त द्वारको उद्घाटन गरिएको हो ।

वि.संं २०२९ सालमा स्थापना भएको प्रतिष्ठानमा अन्य संंरचना निर्माणका लागि करिब १ करोड रूपैयाँ बराबरको टेण्डर प्रकृया सुरू भएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ