बढ्ने भयो गाडी भाडा, थानकोट रूटको भाडा २५ देखी ३० रूपैयाँसम्म हुने
थानकोट, चैत्र २६ ।
बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले भाडादर समायोजन गरेको हो ।
श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको हो । वृद्धि भएको भाडा नयाँ वर्षको पहिलो दिनदेखि लागू हुने मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा २०७९ बैशाख १ गतेबाट समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ ।
नयाँ भाडादर अनुसार अब यात्रुले ५ किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० किलोमिटर भन्दा माथि ३८ रुपैयाँ भाडा तिर्नुपर्नेछ ।