स्थानीय चुनावका लागि चन्द्रागिरि नगरमा चैत्र २७ गते गठबन्धन बन्ने
थानकोट ।
स्थानीय निर्वाचनका लागि चन्द्रागिरि नगरमा समेत सत्ता गठबन्धनका घटकहरूले छलफल सुरू गरेका छन् ।
बुधबार सतुङ्गलस्थित नेपाली काँग्रेसको नगर कार्यसमितिको कार्यालयमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) तथा जनता समाजवादी पार्टीका प्रतिनिधिहरू सम्मिलित संयुक्त छलफल भएको नेपाली काँग्रेस चन्द्रागिरि नगर सचिव नविन महर्जले थानकोट टाइम्सलाई जानकारी दिनुभयो । बैठकमा सहभागी सत्तारूढ पाँच दलका प्रतिनिधिहरू स्थानीय चुनावमा एकजुट भइ जनता माझ जाने विषयमा छलफल भएको बुझिएको छ । यसअघि गत सोमबार चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी सहित सत्ता घटक दलहरूको संयुक्त बैठक बसेको थियो ।
चन्द्रागिरि नगर स्तरिय पाँच दलीय गठबन्धनको चैत्र २७ गते बस्ने बैठकमा संयन्त्र गठन गर्ने निर्णय भएको बताइएको छ ।