एएफसी कपः ब्लु स्टारसँग २-१ ले पराजित हुँदै मछिन्द्र क्लब पहिलो चरणबाटै बाहिरियो

थानकोट ।
श्रीलंकाको लिग च्यापियन ब्लुस्टार एससीसँग हार बेहोर्दै नेपालको लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब एएफसी कप छनोटको प्रारम्भिक चरणबाटै बाहिरिएको छ ।
मंगलबार दशरथ रंगशालामा ब्लुस्टार एससीसँग २–१ ले पराजित हुँदै मछिन्द्र पहिलो खेलबाट बाहिरिएको हो ।ब्लु स्टारको जितमा मोहमेद इसान र सेनाल सन्देशले गोल गर्दा घरेलु लिग च्याम्पियन मछिन्द्रका कप्तान सुजल श्रेष्ठले एक गोल फर्काए ।
दोस्रो चरणको खेलमा ब्लुस्टार एससीले भारतको मोहन बगानसँग अर्को साता खेल्नेछ ।