चन्द्रागिरि-९ मा राप्रपाले वडाध्यक्षका उम्मेदवार छान्यो

Thankot Times

थानकोट ।

बैशाख ३० का लागि तय भएको स्थानीय निर्वाचनमा दलहरूले उम्मेदवार चयनका लागि आवश्यक गृहकार्य सुरु गरेका छन् ।

चन्द्रागिरि नगरमा क्रियाशील राजनीतिक दलहरूले आ-आफ्ना तर्फबाट जनप्रतिनिधि छान्ने बारेमा घनिभूत छलफल गरिरहेका छन् । सत्ता गठबन्धनका सदस्य दलहरूले सोमबार नेपाली काँग्रेसका नगर सभापति एवं नगरप्रमुख घनश्याम गिरी सम्मिलित बैठकमा आसन्न स्थानीय निर्वाचनका बारेमा छलफल गरेका छन् ।

चन्द्रागिरि ०९ मच्छेगाउँमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बैशाख ३० का लागि वडाध्यक्षका उम्मेदवार सर्वसम्मत चयन गरेको बताइएको छ । इकाई अध्यक्ष समेत रहेका सुरेन्द्र देशार उक्त वडाबाट वडाध्यक्षका उम्मेदवार चयन भएको राप्रपा स्रोतले थानकोट टाइम्सलाई जानकारी दियो । बाँकी ४ सदस्य छनोटका लागि आवश्यक छलफल जारी रहेको बुझिएको छ ।

राप्रपाबाट चन्द्रागिरि नगरपालिका वडा नंं ९ का वडाध्यक्षका उम्मेदवार देसार

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *