त्रिकोणात्मक क्रेिकेट सिरिजको उपाधीका लागि नेपाल र पपुवा न्युगिनी भिड्दै

थानकोट ।
सोमबार त्रिवि क्रिकेट मैदानमा नेपाल दोश्रो सिरिज जित्नका लागि अग्रसर हुनेछ । नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीचको टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधीका लागि सोमबार नेपाल र पिएनजी आमुने सामने हुन लागेका हुन । फाइनल खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२ः३० बजे सुरू हुनेछ ।
लिग चरणमा सबै ४ खेल जितेको नेपालले लिग चरणका दुवै खेलमा नेपालले पिएनजीलाई पराजित गरेको थियो। पछिल्ला पाँच टी ट्वेन्टी खेलमा नेपाल चार खेलमा विजयी भएको छ भने पिएनजीले एक खेल मात्र जितेको छ । टी-ट्वेन्टी क्रिक्रटमा पछिल्लोपटक नेपाल पिएनजीसँग सन् २०१५ मा विश्वकप क्वालिफायरमा ८ विकेटले पराजित भएको थियो ।
नेपालले अघिल्लो वर्ष घरेलु मैदानमा आयोजना भएको नेदरल्यान्ड्स र मलेसियाबीचको सिरिज जितेको थियो।