अर्थतन्त्र टाट पल्टिएपछि श्रीलंकामा सबै मन्त्रीले दिए राजीनामा
चरम आर्थिक संकटबाट गुज्रिरहेको दक्षिण एशियाली मुलुक श्रीलंकामा राष्ट्रपति गोटवाया राजापाक्षेको सरकारमा रहेका सबै मन्त्रीहरूले राजीनामा दिएका छन्।
संकटकाल घोषणा भएपछि लगाइएको कर्फ्यू र त्यसका बाबजुद् आइतबार भएका प्रदर्शनपछि आइतबार राति मन्त्रीहरूले प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई राजीनामा बुझाएका हुन्।
सबै मन्त्रीहरूले राजीनामा दिएपछि अब राष्ट्रपति गोटवायाले नयाँ अनुहारलाई मन्त्री बनाउने अपेक्षा गरिएको छ। मन्त्रीहरूले दिएको राजीनामाबारे प्रधानमन्त्री महिन्दाले सोमबार राष्ट्रपति गोटवायासँग छलफल गर्दैछन्।
द हिन्दु बाट