श्रीलंकामा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
खराब आर्थिक संकटबाट गुज्रिरहेको दक्षिण एशियाली मुलुक श्रीलंकामा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाइएको छ।
प्रदर्शनलाई रोक्न सरकारले आइतबारदेखि फेसबुक, ट्विटर, ह्वाट्सएपलगायत सामाजिक सञ्जाल चलाउन देशभरि प्रतिबन्ध लगाएको हो।
श्रीलंकामा राष्ट्रपति र सरकारविरूद्ध प्रदर्शनहरू बढ्न थालेपछि शुक्रबार राति संकटकाल घोषणा गरिएको थियो। संकटकालसँगै सरकारले शनिबार साँझ देशभरि ३६ घन्टे कर्फ्यू लगाइएको थियो।
सरकारले कहिलेसम्म सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँछ भन्ने एकिन छैन्।
कोलोम्बो ग्याजेटबाट ।