स्थानीय चुनावमा उम्मेदवार बन्ने हो कि ? विवेकशील साझाले खुलायो फाराम

थानकोट ।
गत स्थानीय चुनावमा निकै चर्चा कमाएको विवेकशील साझा पार्टीले बैशाख ३० का लागि तय भएको स्थानीय चुनावका लागि उम्मेदवारको खोजीमा फारम खुलाएको छ। सो पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले फेसबुकमा इमान्दार र सक्षम व्यक्तिहरूलाई पार्टीको चुनाव चिन्ह तराजु लिएर उम्मेदवार बन्न आह्वान गरेको बताएका छन् ।
विवेकशील साझाका प्रदेश संयोजक तथा इन्चार्जहरूलाई सम्पर्क गरेर पनि उम्मेदवारबारे जानकारी दिन सकिने पार्टीले जनाएको छ। उम्मेदवारी दिन मन छ भने यो लिंकमा क्लिक गर्नुहोस् ।