‘स्थानीय निर्वाचनमा नेकपा एसले डिस्टिङ्सन ल्याउँछ’- नेता खनाल

Thankot Times

थानकोट ।

सत्ता गठबन्धनको एक घटक नेकपा एकिकृत समाजवादीले चन्द्रागिरि ७ चेकपोष्टमा पार्टीको चन्द्रागिरि नगर कमिटिको कार्यालय स्थापना गरेको छ । शनिबार बिहान पूर्वप्रधानमन्त्री एवं पार्टी वरिष्ठ नेता झलनाथ खनालले सो पार्टीको कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै नेता खनालले मुलुकमा देखिएको अतिवादलाई परास्त गर्न नेकपा एकिकृत समाजवादी सक्षम रहेको बताउँदै भने स्थानीय निर्वाचनमा पार्टीले ८० प्रतिशत नतिजा आफ्नो पक्षमा आउनेछ ।

नेकपा एमालेका अध्यक्षका केपी ओलीप्रति कटाक्ष गर्दै उनले बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा को क्विन्टल हुने को ढक हुने जनताले देखाउने विचार व्यक्त गरे ।

चन्द्रागिरि नगरमा एकिकृत समाजवादीले राम्रो नतिजा ल्याउनेमा आफ्नो पार्टी ढुक्क रहेको बताउँदै नेता खनालले नगर कमिटि अध्यक्ष भाईकृष्ण बलामीप्रति पार्टीले भरोसा राखेको धारणा राखे । कार्यक्रममा सांसद् रमा आलेमगर लगायत पार्टीका स्थानीय नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *