थानकोट साझाघरमा आज पुरानो चन्द्रागिरि फोटो प्रदर्शनी हुने
थानकोट, चैत्र ५ ।
बहुप्रतिक्षित कार्यक्रम पुरानो चन्द्रागिरि फोटो प्रदर्शनी आज चन्द्रागिरि-०४ थानकोटमा आयोजना हुँदैछ ।
स्थानीय साझाघरमा हुने प्रदर्शनीमा चन्द्रागिरि नगरक्षेत्रमा करिब १८० वर्षअघि कोरिएका स्केचहरू सहित चन्द्रागिरि क्षेत्रका १ सय २० वटा पुराना तस्बिरहरू समावेश हुनेछन् । जसमा करिब तीन दर्जन तस्बिरको पहिले र अहिले तुलनात्मक प्रदर्शनी गरिने बताइएको छ ।
चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा आयोजना भइरहेको प्रदर्शनी फोटो म्युजिमय नेपालले संयोजन गरेको हो । यसअघि चन्द्रागिरि १३ पुरानो नैकाप, चन्द्रागिरि १२ बलम्बु तथा चन्द्रागिरि ०६ चेकपोष्टमा यो कार्यक्रम सम्पन्न भइसकेको छ जहाँ स्थानीयहरूको उत्साहजनक सहभागिता रहेको थियो । आजको प्रदर्शनीमा चन्द्रागिरि हेल्पिङ ह्याण्डस् ले सहजीकरण गर्ने बताइएको छ । प्रदर्शनी कार्यक्रम बिहान १० बजेबाट सुरू हुनेछ ।
मैले चै पहिलो प्रदर्शनीमै अवलोकन गर्ने मौका पाइयो । राम्रो र सर्हानिय प्रयास हो यो । अब, अर्को पटककको लागि स्थानिय सरकार मार्फत नै घर घरमा रहेका पुराना फोटोहरु आवश्यक खर्चको व्यवस्था सहित खोजी गरेर प्रदर्शनिको तयारी गरेदेखि अझ राम्रो हुन्छ । सबै घर घर सम्मको पहुच रहने भएकोले स्थानिय सरकारको प्रसङ्ग जोडेको हो । हालको प्रयास हेर्दा फोटोग्राफरको प्रयासमा सिमित रहेको जस्तो लाग्दछ । अर्को भनेको राष्ट्रिय / अन्तर्राष्ट्रिय व्यक्तित्व जसले यो ठाउको इतिहासलाइ उजागर गरेका होलान ; ती पक्षलाई पनि भेट्टाउन सके यो खाले प्रदर्शनी अझ जिवन्त हुन्थ्यो कि । लेख्दा लेख्दै चित्रकलाको पनि सम्झना आयो । यो क्षेत्रको ईतिहास उत्खनन् गर्न एतिहासिक चित्रकलालाइ पनि प्राथमिकतामा राख्नु पर्ला । र अन्त्यमा फोटो प्रदर्शनी हुनु पनि ईतिहास रच्नु हो र यसको अभिलेख राखेर भविष्यको लागि जीवन्त बनाइराख्नु पनि अत्यावश्यक कार्य हो । यसको बिकल्प प्रदर्शनी भएका फोटोहरु समावेश गरेर फोटो बुक निकालेर राख्नु हो । मेरो छोरीले पनि आफ्नो प्रदर्सनिलाइ फोटो बुक बनाएर माग भएनुसार बिक्रि गर्ने गरेकी छिन । यसको सम्भावना कस्तो छ यहाँ !
यो मेरो बिचारलाइ प्रदर्शनी आयोजक पक्षलाई पनि बाडिदिनुहोला ।