चन्द्रागिरि साकोसले निःशुल्क उद्यमशीलता विकास तालिम सञ्चालन गर्ने
थानकोट, चैत्र ३ ।
चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरूलाई लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको प्राविधिक सहयोगमा निःशुल्क उद्यमशिलता विकास तालिम सञ्चालन गर्ने भएको छ । संस्थाद्धारा जारी सूचनाका अनुसार सामान्य लेखपढ गर्न जान्ने सदस्यले पनि उक्त तालिममा सहभागिता जनाउन सक्ने बताइएको छ ।
७ देखी १० दिनसम्मको तालिम अवधिमा सहभागी भएका सदस्यहरूलाई विशेष सिप विकास तालिममा सहभागी गराउन सकिने जनाइएको छ । चन्द्रागरि ७ चेकपोष्टस्थित उक्त संस्थाको मुख्य कार्यालयमा सञ्चालन हुने तालिम कार्यक्रम फर्स्ट कम फर्स्ट सर्भिसका आधारमा सहभागी छनोट गरिने बताइएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठका अनुसार संस्थामा सदस्य नभएका इच्छुकहरूले समेत सदस्यता लिएर सो तालिममा सहभागीता जनाउन सक्नेछन् ।
तालिम कार्यक्रममा सहभागी हुनका लागि यो लिंकमा रहेको फाराम भर्नुहोस्