नेपालको संघर्षपूर्ण जित

थानकोट, चैत्र २ ।
रोहित कुमार पौडेल र आरिफ शेखको कीर्तिमानी शतकीय साझेदारी मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत युएईमा भइरहेको त्रिकोणात्मक श्रृंखलामा पपुवा न्युगिनी (पीएनजी)सँगको २ विकेटले जितेको छ ।
ब्याटिङमा खराब सुरुवात गरे पनि रोहित र आरिफले पाँचौ विकेटका लागि १०२ रनको साझेदारी गरेपछि २०५ रनको लक्ष्य नेपालले ४९.२ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो ।