माटिखेल वनमा लागेको आगो सुरक्षाकर्मीको सहयोगमा निभ्यो

थानकोट, चैत्र १ ।
मंगलबार मध्यान्ह प्रहरी वृत्त थानकोटमा चन्द्रागिरि-३ माटीखेलस्थित सेतिदेवी सामुदायिक वनमा आगलागी भएको सूचना आयो । तत्कालै वृत्तका प्रमुख प्रहरी नायब उपरिक्षक डिल्लीनारायण पाण्डेको कमाण्डमा प्रहरी वृत्त थानकोटका प्रहरीहरू, नेपाली सेनाको तथा सशस्त्र प्रहरीको टोली सहित स्थानीयबासीहरूको सहभागितामा दिउँसो २ बजे आगो नियन्त्रणमा आएको डिएसपी पाण्डे जानकारी दिनुभयो ।
आगलागीका कारण मानवीय तथा चौपाया क्षति नभएको बताइएको छ । आगलागी हुनुको कारणबारे महानगरीय प्रहरी वृत्त थानकोटबाट अनुसन्धान भई रहेको जनाइएको छ ।



सबै तस्बिरहरू महानगरीय प्रहरी परिसरको फेसबुकबाट साभार गरिएको हो ।