सरकारले माग्यो १ लाख जना म्यादी प्रहरी, चैत्र ११ गतेसम्म आवेदन पेश गर्न सकिने

Thankot Times

थानकोट, चैत्र १ ।

स्थानीय निर्वाचनका लागि एक लाखको संख्यामा म्यादी प्रहरीका लागि भर्ना खुलेको छ । मंगलबार प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै म्यादी प्रहरीका लागि भर्ना खुलाएको हो । चैत्र ६ गतेदेखी ११ गतेसम्म योग्यता पुगेका उम्मेदवारहरूले आवेदन दर्ता गर्न सक्ने सो सूचना उल्लेख छ । कुनै राजनीतिक दलको सदस्य नरहेका १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका व्यक्तिले म्यादी प्रहरीका लागि आवेदन पेश गर्न सक्ने बताइएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *