राष्ट्रिय मेयर कप तेक्वान्दोमा चन्द्रागिरिका खेलाडीको उत्कृष्ठ प्रदर्शन
थानकोट, फागुन २९ ।
चितवनको माडीमा सम्पन्न चौथो राष्ट्रिय मेयर कप तेक्वान्दो च्याम्पियनसिप २०७८ मा चन्द्रागिरि नगरपालिका समग्रमा दोश्रो हुन सफल भएको छ । चन्द्रागिरि तेक्वान्दो डोजाङका चार खेलाडीले स्वर्ण, दुई खेलाडीले रजत तथा चार खेलाडीले कास्य पदक हात पार्न सफल भएका हुन् ।
स्पारिङमा रचना कुमाल र सुजल कार्कीले स्वर्ण, खुश्वु लिम्बुले रजत तथा दिव्या लामा, रूपरित श्रेष्ठ र नरेश मगरले कास्य पदक हात पार्दा पुम्सेका सिले गुरूङ, शितष्मा श्रेष्ठ र संगम थापा क्रमश स्वर्ण, रजत र कास्य पदक आफ्नो नाममा लेखाउन सफल भएको चन्द्रागिरि तेक्वान्दो डोजाङले जनाएको छ । त्यस्तै पुम्सेको समुहको प्रतिस्पर्धामा सिले गुरूङ, संगम थापा र विशेष शाहीको टोलीले स्वर्ण पदक जित्यो ।
सबै तस्बिरहरू चन्द्रागिरि डोजाङबाट साभार गरिएका हुन् ।