२०७९ सालमा दसैँ तिहारको बिदा नौ दिन

Thankot Times
थानकोट, फागुन २० ।
२०७९ सालको विजयादशमीको पर्सिपल्ट (द्वादशी) सम्म दसैं बिदा हुने भएकाे छ । यसअघि टीकाको भोलिपल्ट (एकादशी) सम्म मात्र बिदा हुन्थ्यो । त्यस्तै, तिहारमा भाइटीकाको भोलिपल्ट पनि बिदा हुने भएको छ । 
आगामी वर्षका लागि सरकारले नौ दिन चाडपर्व बिदा बढाएको छ । गृह मन्त्रालयको प्रस्तावअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ सालमा दसैँ तिहारको बिदासमेत लम्ब्याएर नौ दिन बनाएको हो ।
 
आगामी वर्ष दसैँको विजयादशमीको पर्सिपल्ट (द्वादशी)सम्म बिदा दिने निर्णय भएको छ । यसअघि टीकाको भोलिपल्ट (एकादशी)सम्म मात्र बिदा हुन्थ्यो । त्यस्तै, तिहारमा भाइटीकाको भोलिपल्ट पनि बिदा हुने भएको छ । नेवार समुदायले त्यस दिन भाइटीकाकै रूपमा किजा पूजा गर्छन् ।
त्यस्तै आगामी वर्ष क्रिसमस,बैशाख पूर्णिमा, मोहम्मद जयन्तीमा पनि बिदा दिने निर्णय भएको छ । तमु तथा सोनाम ल्होसार र मुस्लिम समुदायको दुईवटा चाडमा पनि बिदा दिने निर्णय भएको छ । यो वर्ष पनि मन्त्रिपरिषद्का निर्णयका आधारमा यी चाडपर्वमा बिदा दिइएकोमा आगामी वर्ष भने बिदासम्बन्धी सूचनामै यसलाई समेट्ने निर्णय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ