मलेसिया विरूद्ध नेपालको शानदार जित

थानकोट ।
नेपालले त्रिकोणात्मक टी२० श्रृंखलामा मलेसियालाई बुधबार ६ विकेटले पराजित गरेको छ ।
ओपनर आसिफ शेखले ५७ रन बनाएपछि मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले १३.४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । आसिफले ३८ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । टी२० मा डेब्यूगरेका विकेटकिपर दिलिप नाथले ७ बल खेल्दै ३ चौका मद्दतमा अविजित १५ रन बनाए ।
नेपालले तेस्रो खेल बिहीबार पपुवा न्यूगिनीसँग खेल्नेछ ।
लगातार दोस्रो जितपछि नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ । यसअघि पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई १५ रनले पराजित गरेको थियो ।
मलेसियाको भने यो पहिलो हार हो । मलेसियाले पनि पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको थियो ।