पोर्चुगल कतार विश्वकपमा छनोट

थानकोट ।
ब्रुनो फर्नान्डेसको दुई गोलको सहयोगमा पोर्चुगल फिफा कतार विश्वकप २०२२ का लागि छनोट भएको छ । मंगलबार राति भएको युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० ले पराजित गर्दै पोर्चुगल विश्वकपका लागि छनोट भएको हो ।
मंगलबार राति नै भएको प्लेअफकै अर्को खेलमा पोल्यान्डले स्विडेनलाई हराउँदै विश्वकपमा छनोट भयो ।