राष्ट्रिय कराँते प्रतियोगिता मंगलबारबाट सतुंगलमा

थानकोट ।
गणेशमान फाउन्डेशन र नेपाल सितोरियो कराँते सतुंगल डोजोको संयुक्त आयोजनामा चैत्र १५ र १६ गते सतुंगलमा राष्ट्रिय कराँते प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगितामा सात वटै प्रदेश, तीन वटा विभागीय टिम गरी १० टिमको सहभागिता रहने बताइएको छ । कार्यक्रम संयोजक बद्रीनाथ श्रेष्ठका अनुसार प्रतियोगिता सञ्चालनमा करिब २२ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । प्रतियोगिता सतुंगलस्थित डिबी पार्टी भेन्यूमा सञ्चालन हुनेछ ।