चन्द्रागिरि नगरपालिकाको निर्वाचन अधिकृतमा उपसचिव सिर्जना थपलिया

Thankot Times

थानकोट, चैत्र १३ ।

निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६७६ जना निर्वाचन अधिकृत तोकेको हो ।

आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । बाँकी रहेका स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरु र निजामती सेवाका उपसचिवहरु रहने गरी निर्वाचन अधिकृत तोकेको हो । चन्द्रागिरि नगरपालिकामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी उपसचिव सिर्जना थपलिया तोकिएकी छिन् ।

सबै सूची हेर्नुहोस्


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ