मच्छेगाउँमा नेपाली काँग्रेसको कार्यालय खुल्ने
थानकोट, चैत्र १० ।
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा चन्द्रागिरिमा दलहरूले सम्पर्क कार्यालय स्थापनाको क्रमले तीव्रता पाएको छ । शुक्रबार नेपाली काँग्रेसले केन्द्रीय सदस्य एवं संघीय सांसद् राजेन्द्रकुमार केसीको उपस्थितिमा चन्द्रागिरि ९ मच्छेगाउँमा सम्पर्क कार्यालय सुरू गर्ने बताइएको छ । मच्छेगाउँ द्वारसँगै हुने कार्यक्रम बिहान ८ बजेबाट सुरू हुने बुझिएको छ ।
यसअघि काँग्रेसको प्रादेशिक सम्पर्क कार्यालय चन्द्रागिर ०५ गुर्जुधारामा स्थापना भइसकेको छ ।